भरुवा बन्दुकसहित एक पुरुष मृत फेला
बुधबार, २६ जेठ २०७८, १९ : ३५
बझाङको गडाला सामुदायिक वनमा भरुवा बन्दुकका साथ एक जना मृत फेला परेका छन् । खप्तड छान्ना गाउँपालिका–४ खत्री गाउँका अन्दाजी ३५ वर्षीय डम्बरबहादुर खत्री यही जेठ २४ गते जङ्गल गएको र उनको परिवारले खोजी गर्दा जेठ २५ गते मृतावस्थामा फेला पारेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले खत्रीको नजिकै भरुवा बन्दुक भेटिएको र उनको बायाँ कञ्चडामा गोली लागेर टाउको छेडेको जनाएको छ । मृत खत्रीको जिल्ला अस्पताल बझाङमा पोष्टमार्टम भएर मृतकका आफन्तले शव लगेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण