झापामा छात्राको रहस्यमय मृत्यु
झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्कीका अनुसार सेजलाको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाउने तयारी भइरहेको छ । प्रहरीले मृत्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ ।
प्रहरी नायब उपरीक्षक कार्कीले सेजलालाई बेलुकी करिब ५ः०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए । त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उनलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पुर्याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै प्रनाउ कार्कीले जानकारी दिए ।
घटनालगत्तै पीडितका अभिभावक राति ११ः०० बजे दमक आइपुगेका बताइएको छ । आफन्तले भने सेजलाको मृत्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले भने तत्काल मृत्युको कारण थाहा पाउन परीक्षणलाई प्राथमिकता दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण