लागुऔषधसहित ४ जना पक्राउ
सुर्खेत प्रहरीले लागुऔषध (ब्राउन सुगर) सहित चारजनालाई पक्राउ गरेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका – ५ बबई नेपालगञ्ज सडकखण्डमा २ ग्राम १४० मिलिग्राम लागुऔषध (ब्राउन सुगर) सहित चारजनालाई पक्राउ गरेको हो ।
बबई स्थित नेपालगञ्ज सुर्खेत सडकखण्डमा नेपालगञ्जबाट सुर्खेत तर्फ लागुऔषध ओसार पसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय छिन्चुको सयुक्त टोलीले उक्त, लागुऔषध बरामद गरेको उनले बताए ।
पक्राउ पर्नेमा सुर्खेतको सिम्ता गाउँपालिका –१ का बर्ष १८ का कमल राना, वीरेन्द्रनगर नगरपालिका –१० का बर्ष ३० का भरत थापा, सोही ठाउँका ३० बर्षीय मनोज विक, १८ बर्षीय आरएन राना रहेका छन् ।
उनीहरुलाई संकास्पद अबस्थामा फेला पारी व्याग खानतलासी गर्दा भरत विकले लगाएको रेनकोटको बायाँ पाकेटमा लुकाई छिपाइ राखेको २ पोका र एनआर रानाले लगाएको कालो मास्क भित्र र बोकेको ब्याक भित्र १ पोका १ पुडिया गरी ३ पोका लुकाई राखेको अबस्थामा फेला परेको थियो । नापतौल गर्दा २ ग्राम १४० मिलिग्राम लागु औषध पाइएको प्रहरीले बतायो । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान. गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण