कालिकोटमा कोरोना परीक्षणको दायरा बढाइने
कालिकोटका नौ वटा स्थानीय तहमा कोरोना (कोभिड–१९) को परीक्षणको दायरा बढाइने भएको छ । जिल्ला कोरोना कोरोना९कोभिड–१९० महामारी विपद् व्यवस्थापन समितिको बैठकले शुक्रबार परीक्षण दायरा बढाउने निर्णय गरेको हो ।
कोरोना सङ्क्रमित बढ्दै गएकाले सबै स्थानीय तहमा कोरोना परीक्षण बढाउने निर्णय भएको हो । खाँडाचक्र र रास्कोट नगरपालिका, पचालझरना र शुभकालिका गाउँपालिकामा ५÷५ सय एन्टिजेन किट पठाइएको र अन्य स्थानीय तहमा पनि ५÷५ सयका दरले एन्टिजेन किट पठाउने तयारी भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले जानकारी दिए ।
“समुदायस्तरमा नै कोरोना महामारी फैलिएको हुनसक्ने भएकाले कोरोना परीक्षणको दायरा बढाउन लागेका हौँ”, उनले भने, ‘सबै स्थानीय तहका स्वास्थ्य सेवा कार्यालयलाई कोरोना परीक्षण बढाउन र उनीहरुको सम्पर्कमा आएकालाई परीक्षण गरिनेछ ।”
शुक्रबार ६० जनामा एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १७ जनामा र पिसिआरबाट ३४ जनामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पोजेटिभ देखिएको महतले बताए।
त्यस्तै, कोरोना महामारीको दोस्रो लहरमा जिल्लामा एक हजार ४९० जनामा कोरोना पोजेटिभ देखिएकोमा एक हजार ३५२ जना डिस्चार्ज भएका छन् ।
हाल कोरोना सक्रिय सङ्क्रमित १३४ जना विभिन्न आइसोलेसन र १३ जनाको कोभिड विशेष अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कालिकोटमा हालसम्म कोरोना सङ्क्रमणले चार जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण