कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ ।
आज दिउँसो प्रदेश सभामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सरकारले ल्याएको प्रि– बजेट माथिको छलफल पश्चात आज नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण लाई सुदृढ पार्दै स्वास्थ्य क्षेत्र केन्द्रित र कर्णालीको गरिवीलाई न्युनिकरण गर्न आधार सृजना गरिने खालको नीति तथा कार्यक्रम ल्याउन लागिएको बताइएको छ ।
वर्तमान अबस्थामा सृजित कोरोनालाई नियन्त्रण गर्नु प्रमुख दायित्व भएकाले यसलाई प्राथमिकतामा राखिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले जानकारी दिए ।
आज दिउँसो २ बजे बस्ने संसद बैठकमा कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण