मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

मालेका नेतालाई पार्टी प्रवेश गराउँदै ओलीले भने, ‘सीपीजीको इन्जिन पनि पुरानो भयो, गठबन्धनको नयाँ इन्जिनमा आउनुहोस्’

बिहीबार, ०२ कात्तिक २०७४, १६ : ५४
बिहीबार, ०२ कात्तिक २०७४

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स–साना बामपन्थी दलहरुलाई बाम गठबन्धनमा समावेश हुन आह्वान गरेका छन् ।

नेकपा मालेका ठूलो संख्यामा नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले सबै बामपन्थी दल एक जुट हुनुपर्ने बताएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले भने,

‘राजनीति भनेको टुक्रे पसल चलाए जस्तो हुँदैन । अब बामगठबन्धनमा आएर ठूलो पसल चलाउनुपर्छ ।’ 

ओलीले माले अध्यक्ष सीपी मैनालीलाई पनि बाम गठबन्धनमा आबद्ध हुन आह्वान गर्दै भने, ‘सीपीजीको कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान छ । वहाँलाई पनि गठबन्धनमा आउन आह्वान गर्छु ।’

पहिले जेम्सवाटले इन्जिन बनाउँदा त्यो महान आविष्कार भए पनि अहिले त्यो भन्दा नयाँ र शक्तिशाली इन्जिन आइसकेको उदाहरण दिँदै उनले सीपी मैनालीको पार्टीको इन्जिन पुरानो भइसकेको जिकिर गरे ।

‘अब वहाँ गठबन्धनको नयाँ इन्जिनमा आउनुपर्छ,’ ओलीले भने ।

उनले बाम गठबन्धन बनेपछि धेरै जना आत्तिएको बताउँदै भने, ‘बामगठबन्धन बन्न लागेको देखेर धेरैलाई सपनामा पनि ऐठन भइरहेको छ । कम्यनुष्टि सरकार बन्छ भनेर बाटोमा चिच्याएर हिँडिरहेका छन् ।’

बिहिबार धुम्बाराहीस्थिति पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा मालेका पोलिटव्युरो सदस्य तथा निवर्तमान प्रमुख सचेतक अइन्द्रसुन्दर नेम्वाङ, पोलिटब्युरो सदस्यहरु निलमणि बराल, हिक्मत देउवा, वीरेन्द्र थपलिया, गंगा चौधरी लगायत नेताहरु एमालेमा प्रवेश गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप