मध्यपहाडी राजमार्गमा कालोपत्रे गर्न शुरु
मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत दैलेखको पश्चिम खण्ड रावतकोटदेखि चक्रता हुँदै रामघाटसम्मको सडक खण्डमा पहिलो चरणको कालोपत्रेको काम शुरु गरिएको छ । मौसमले साथ दिएको खण्डमा यही असारको दोस्रो सातासम्म १० किलोमिटर बढी कालोपत्रे सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको छ ।
निषेधाज्ञाको अवधिमा समेत सामाजिक दूरी कायम गरेर मध्यपहाडी राजमार्गका विभिन्न आठ स्थानमा काम सञ्चालन भइरहेको छ । सदरमुकामको पश्चिम रावतकोटदेखि पादुकासम्मको सडक निर्माणको जिम्मा लिएको पप्पु हिमाल हाइड्रो जेभीको लापरबाहीका कारण गत असारमै सम्पन्न गर्नुपर्नेमा यो वर्ष मात्रै काम शुरु भएको छ । निर्माण कम्पनीले भनेको समयमा काम सम्पन्न नगरेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला आयोजना कार्यालयको ताकेतापश्चात् यही जेठ २५ देखि करीब १६ किलोमिटर सडक खण्ड कालोपत्रेको काम शुरु गरिएको छ ।
गत वर्ष चैत्रदेखि कोरोना सङ्क्रमण बढेपछि काम रोकिएको र यस वर्षको असाढसम्म १० किलोमिटर कालोपत्रे सक्ने कम्पनीका कृष्ण ढुङ्गानाले जानकारी दिए । करीब ३१ किलोमिटर सडकमध्ये मनसुन अघि नै १० किलोमिटर सडक कालोपत्रे गर्ने तयारी रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना दैलेखका प्रमुख डा. अर्जुन बमले बताए । सडक निर्माणको सर्वपक्षीय अनुगमन गरिएको छ । कामको प्रगति, गुणस्तरता, आएका समस्याको समाधानका लागि आयोजनाको काम थप प्रभावकारी हुन सहयोग पुग्ने बमको भनाइ छ ।
सदरमुकामको पूर्वी क्षेत्र लोहोरेदेखि सुयाडा खण्डको १८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । देशकै गौरवको आयोजना भएकोले सडक खण्डमा देखिएका समस्याहरूको स्थलगत रुपमै समाधानका लागि जिल्ला प्रशासनको अगुवाइमा सर्वपक्षीय अनुगमन गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । कामको गुणस्तरीयता र सडक क्षेत्रमा बायोइन्जिनियरिङ गर्ने काम प्रभावकारी बनाउनेलगायतका विषयमा स्थलगतरुपमै सुझाव दिइएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण