एकै खेलमा रोनाल्डोका ६ रेकर्ड, अझै कति बनाउलान् ?
हंगेरीविरुद्ध दुई गोल गर्दै क्रिष्ट्रियानो रोनाल्डोले ६ वटा रेकर्ड बनाए । जो यसप्रकार छन् :
१) उनी युरोकपका पाँचवटा संस्करणमा सहभागिता जनाउने पहिलो खेलाडी बने । यसअघि सन् २००४ , २००८, २०१२ र २०१६ मा पनि रोनाल्डो टिमका सदस्य थिए ।
२) पाँचवटै युरोकपमा गोल कीर्तिमान पनि उनको नाममा रह्यो ।
३) युरोकपको इतिहासमै सर्वाधिक धेरै गोल गर्ने किर्तिमान रोनाल्डोले एकलौटी रुपमा आफ्नो नाममा लेखाए । यसअघि माइकल प्लाटिनी र रोनाल्डोको नाममा समान ९ गोल गर्ने किर्तिमान थियो । अब रोनाल्डोको नाममा ११ गोल छ ।
४) पोर्चुगलका लागि ठूला प्रतियोगितामा गोल गर्ने रोनाल्डो सबैभन्दा पाको खेलाडी हुन् । उनले ३६ वर्ष १ सय ३० दिनको उमेरमा दुई गोल गरे । यसअघि पेपेले २०१८ को विश्वकपमा ३५ वर्ष १ सय २४ दिनमा गोल गरेका थिए ।
५) सबैभन्दा पाको उमेरमा युरोकपको एकै खेलमा दुई गोल गर्ने रेकर्ड पनि रोनाल्डोले लेखाए । यसअघि आन्द्रे सेभचेन्कोले ३५ वर्ष २ सय ५६ दिनको उमेरमा एकै खेलमा दुई गोल गरेका थिए ।
६) युरोकपमा सर्वाधिक धेरै खेल जित्ने कीर्तिमान पनि रोनाल्डोले एकलौटी बनाए । यसअघि आन्द्रेस इनिस्टा, सेस फाब्रिगास र रोनाल्डोका नाममा युरोकपमा सर्वाधिक ११ खेल जित्ने कीर्तिमान संयुक्त थियो । तर, अब रोनाल्डोले १२ खेल जितिसकेका छन् ।
यी कीर्तिमान तोड्न सक्छन्
युरोकपमा अझै धेरै खेल बाँकी छन् र रोनाल्डोले यसक्रममा यी कीर्तिमान तोड्न सक्छन् ।
१)पोर्चुगलका लागि १ सय ६ गोल गरेका रोनाल्डो सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा रहेका इरानका अली देईले १ सय ९ गोल गरेका छन् । जारी प्रतियोगितामा रोनाल्डोले यो कीर्तिमान बराबरी गर्न र तोड्न पनि सक्छन् ।
२) युरोको इतिहासमा सर्वाधिक धेरै एसिस्ट गर्ने कीर्तिमान केरल पोवास्र्काईका नाममा छ । उनले ६ एसिस्ट गरेका छन् । रोनाल्डोले अहिलेसम्म ५ एसिस्ट गरेका छन् र यो कीर्तिमान तोड्न सक्छन् । राहुल, डेभिड बेकह्याम, लुईस फिगो, आर्यन रोब्बिन र बास्टिन स्वेन्सटाइजरले पनि युरोमा ५ एसिस्ट गरेका छन् ।
३) युरोपेली राष्ट्रबाट सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान सर्जियो रामोसको नाममा छ । रामोसले स्पेनका लागि १ सय ८० खेल खेलेका छन् । हंगेरीविरुद्धको खेल रोनाल्डोका लागि पोर्चुगलको जर्सीमा १ सय ७६ औं थियो । यदि, पोर्चुगलले सेमिफाइनलसम्म स्थान बनाएमा रोनाल्डोले रामोसको कीर्तिमान तोड्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण