खेलाडीले बोतल सारेमा टिममाथि जरिवाना हुन सक्ने
प्रायोजकहरूले उपलब्ध गराएका पेय पदार्थका बोतल खेलाडीले वरपर सारेमा सम्बन्धित टिममाथि जरिवाना हुन सक्ने युइएफएले जनाएको छ । यसअघि सोमबार रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाउँदै मानिसहरुलाई पानी पिउन प्रेरित गरेका थिए भने पाउल पोग्वाले बियरको बोतल हटाएका थिए ।
त्यस्तै इटालीका म्यानुयल लोकाटेल्लीले कोकाकोलाको बोतल भएका ठाउँमा पानी राखेका थिए । ‘प्रतियोगिताको आयोजना र युरोपभर फुटबलको विकासमा सहकार्य महत्वपूर्ण छ भनेर सहभागी टिमहरूलाई युइएफएले स्मरण गराएको छ,’ प्रतियोगिताको आयोजकले बिहीबार भन्यो ।
युइएएफए युरो २०२० प्रतियोगिताका निर्देशक मार्टिन केल्लेनले प्रतियोगिताका नियमहरु खेलाडीले पालना गर्नुपर्ने बताए । यद्यपी, पोग्बाजस्ता खेलाडीले धार्मिक कारण देखाएर बोतल हटाएको कुरालाई आफुले बुझ्ने उनले बताए । पोग्बा मुस्लिम धर्मका अनुयायी हुन् ।
युईएफएले आफ्ना सम्झौता र नियमहरु टिमलाई स्मरण गराएको र अनुशासनको कदम चाल्न सक्ने पनि जानकारी गराएको केल्लेनले बताए । यद्यपी, युईएफएले सिधैं खेलाडीहरुलाई भने कारबाही गर्ने छैन । ‘हामीले युईएफएको तर्फबाट खेलाडीलाई सिधै कहिल्यै कारबाही गर्दैनौं ।
हामी सधैं सहभागी राष्ट्रिय संघका तर्फबाट यस्तो गर्छौं र उनीहरुले खेलाडीलाई थप के गर्ने भनेर तय गर्नेछन् । तर, हामी अहिल्यै सिधै खेलाडीलाई कारबाही गर्ने छैनौं ।’ उनले भने, ‘प्रतियोगितामा समावेश संघहरूले हस्ताक्षर गरेका नियमहरु हामीसँग छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
