कर्णालीमा कोरोना : २२ दिनमा ७५ जनाको मृत्यु, २ दिन शून्य मृत्युदर !
कर्णाली प्रदेशमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट संक्रमण र मृत्यु दरमा कमी आएको छ । अन्य प्रदेशको तुलनामा कर्णालीमा केही कमी देखिएको हो । तर, कोरोना महामारीको जोखिम भने उच्च रहेको जनस्वास्थ्यविदहरुले बताइरहेका छन् । प्रदेशमा बितेका २२ दिनको तथ्याङ्कलाई आंकलन गर्दा जम्मा दुई दिनमात्र मृत्युदर शून्य छ भने बाँकी २० दिनमा कुनै न कुनै कोरोना संक्रमितले ज्यान गुमाएको अवस्था छ ।
गत जेठ १३ गतेदेखि असार ४ गतेको बीचमा असार महिनाको दुई दिन (असार १ गते र असार ४ गते) कोरोनाबाट कर्णालीमा कसैले पनि ज्यान गुमाएका छैनन् । हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९६ पुगिसकेको अवस्था छ । जसमा कोरोनाको दोस्रो लहरमा मृतकको संख्या बढिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
बितेका २२ दिनको तथ्याङ्कलाई आँकलन गर्दा प्रदेशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५ जना रहेको छ । जसमध्ये जेठ १५ गते सबैभन्दा धेरै १० जनाको ज्यान गुमाएका छन् भने त्यसपछिका दिनमा मृत्युदर अझै केही मात्रामा ओरालो लागेको देखिन्छ ।
त्यसपछिको सेरोफेरो बढीमा ६ र कममा १ जनाले प्रतिदिन ज्यान गुमाएका छन् । उसो त कर्णालीमा अन्य प्रदेशमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा समेत कमी आएको छ । कोरोना जित्नेको संख्या धेरै र संक्रमितको संख्यामा कमी आएता पनि जोखिम भने उच्च नै रहेको छ । हाल प्रदेशभर सक्रिय कोरोना संक्रमितहरुको संख्या २ हजार २७९ मा झरेको अवस्था छ । यद्यपि, जेठ १८ गतेसम्म सक्रिय संक्रमितको संख्या ५ हजार बढी थियो । त्यसपछिको दिनहरुमा संक्रमितको संख्यामा निकै कमी आएको देखिन्छ ।
यस्तो छ असार महिनायता संक्रमित र मृत्युदरको तथ्याङ्क
पछिल्लो तथ्याङ्कअनुसार असार महिनाका चार दिनमा दुई दिन शून्य मृत्युदर देखिएको छ । त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा शून्य मृत्युदर रहेको छ । स्वास्थ्य निर्देशक रविन खड्काका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा जम्मा ७१ जना कोरोना संक्रमित थपिएका छन् भने २८२ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । यद्यपि, यो महिनामा ५ जनाले ज्यान गुमाएका छन् । यो तथ्याङ्कलाई केलाउने हो भने पनि संक्रमितको दर निकै ओरालो लाग्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण