शारदा नदीको टापुमा फसेका १२ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्दार
सशस्त्र प्रहरीले सल्यानको शारद नगरपालिकास्थित शारदा नदीको टापुमा फसेका १२ जनाको सकुशल उद्दार गरेको छ । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सल्यानबाट सशस्त्र प्रहरी उपरीक्षक सन्तोष रायमाझीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको उद्दार गरेको हो ।
उद्दार गरिएकाहरुमा जिल्लाको शारदा नगरपालिका ६ बस्ने ४० वर्षीय छविलाल बिक, २० वर्षीय हीरालाल बिक, ४० वर्षीय सुशीला गौरी, ४७ वर्षीय काली बिक, १८ वर्षीय गीता गिरी, ५५ वर्षीय तेजबहादुर बस्नेत, ५६ वर्षीय सुकलाल गिरी, ४९ वर्षीय देवीलाल बिक, १४ वर्षीय मनोज बिक, १७ वर्षीय दिपेन्द्र बिक, ४६ वर्षीय कुमार बिक र ४० वर्षीय
प्रेमलाल बिक रहेका छन् ।
असार ३ गते खेतमा रोपाई गर्न गएका ९ जना पुरुष तथा ३ जना महिला नदीमा पानीको बहाव बढेपछि टापुमा फसेका थिए । उता, दाउरा झिक्ने क्रममा कोशी नदीमा डुबेकी बालिकाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलुवास्थित कोशी नदीमा दाउरा क्रममा डुबेकी बालिकाको शव फेला पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण