तौल घटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन लिची
गर्मी मौसममा लिची बजारमा सजिल्यै पाउन सकिन्छ । स्वादिष्ट फल लिची पोषक तत्वले भरिपूर्ण हुन्छ । लिचीले रोग प्रतिरोधात्मक क्षमता बढाउन र तौल घटाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।
फ्रि रेडिकल्सबाट बचाउँछ
फ्रि रेडिकल्सले शरीरका कोशिकाहरुलाई बिगार्ने काम गर्छ । जसले गर्दा शरीरमा गम्भीर बिरामीहरु लाग्ने गर्छ । लिचीमा भिटामिन सी र फ्लेवोनोयडले भरपूर हुन्छ । यसले कोशिकाहरुलाई बिगार्नबाट बचाउँछ । लिचीले मुटु, क्यान्सर र आर्थराइटिस जस्ता रोगहरुबाट बचाउँछ । लिचीमा हुने एन्टिअक्सिडेन्टले शरीरमा भएका विषालु पदार्थ बाहिर निकाल्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
लिचीमा हुने भिटामिन सीले शरीरलाई मौसमी संक्रमणबाट बचाउँछ । साथै, पुराना रोगहरुसँग लड्ने क्षमता पनि बढाउँछ । भिटामिन सीले रक्तकोशिकाहरु उत्पादन गर्ने र रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउँछ ।
स्ट्रोकको खतरा कम गर्छ
लिचीमा सोडियम र कोलेस्ट्रोल नहुने भएकाले यसले मुटुमा आउने रोगहरु, उच्च रक्तचाप र एथेरोस्क्लेरोसिस जस्ता रोगहरुको सम्भावना कम गर्छ ।
लिचीमा भिटामिन बी३ हुने भएकाले कॉलेस्ट्रोल प्रणालीलाई नियन्त्रण गर्छ । यसले सकारात्मक कॉलेस्ट्रोललाई बढाउँछ र हानिकारक र रगतमा ट्राइग्लिसराइड्स र नकारात्मक कॉलेस्ट्रोल कम गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण