शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एक महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ सय ६ जना पीडित

सोमबार, ०७ असार २०७८, १० : ३०
सोमबार, ०७ असार २०७८


इन्सेकले जेठ महिनामा ८० जना महिला र २४ जना पुरुष गरी १ सय ६ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ ।

असार ७ गते जेठ महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले विभिन्न घटनामा परी १ सय ६ जना पीडित भएका र विद्यालय, स्काभेटर र गाडी तोडफोडका तीन ओटा घटना अभिलेखित भएको जनाएको छ ।


‘प्रकाशित समाचार अनुसार प्रदेश २ र लुम्बिनी प्रदेशमा सबै प्रदेशभन्दा बढी २४/२४ जना पीडित भए भने गण्डकी प्रदेशमा सबैभन्दा कम तीन जना पीडित भए । प्रदेश १ मा २१ जना, बागमती प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना पीडित भए’–विश्लेषणमा उल्लेख गरिएको छ ।

जेठ महिनामा परिवारजनबाट सात जना महिलाको हत्या भएको विश्लेषणमा उल्लेख छ । त्यसैगरी गोलीबाट दुई जना र झडपमा एक जना घाइते भएका जनाइएको छ ।

प्रकाशित समाचारमध्ये बाल अधिकार उल्लङ्घनका घटनामा परी ३६ जना पीडित भएका जनाइएको छ । त्यसैगरी महिला अधिकार उल्लङ्घनका घटनामा ३२ जना पीडित भए ।

जेठ महिनाको अन्त्यतिर आइपुग्दा कोभिड सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । वैशाखमा परीक्षण गरिएकामध्ये ३९ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएकामा जेठमा ३४ प्रतिशतमा मात्रै कोभिड सङ्क्रमण देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप