एक महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ सय ६ जना पीडित
इन्सेकले जेठ महिनामा ८० जना महिला र २४ जना पुरुष गरी १ सय ६ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ ।
असार ७ गते जेठ महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले विभिन्न घटनामा परी १ सय ६ जना पीडित भएका र विद्यालय, स्काभेटर र गाडी तोडफोडका तीन ओटा घटना अभिलेखित भएको जनाएको छ ।
‘प्रकाशित समाचार अनुसार प्रदेश २ र लुम्बिनी प्रदेशमा सबै प्रदेशभन्दा बढी २४/२४ जना पीडित भए भने गण्डकी प्रदेशमा सबैभन्दा कम तीन जना पीडित भए । प्रदेश १ मा २१ जना, बागमती प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना पीडित भए’–विश्लेषणमा उल्लेख गरिएको छ ।
जेठ महिनामा परिवारजनबाट सात जना महिलाको हत्या भएको विश्लेषणमा उल्लेख छ । त्यसैगरी गोलीबाट दुई जना र झडपमा एक जना घाइते भएका जनाइएको छ ।
प्रकाशित समाचारमध्ये बाल अधिकार उल्लङ्घनका घटनामा परी ३६ जना पीडित भएका जनाइएको छ । त्यसैगरी महिला अधिकार उल्लङ्घनका घटनामा ३२ जना पीडित भए ।
जेठ महिनाको अन्त्यतिर आइपुग्दा कोभिड सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । वैशाखमा परीक्षण गरिएकामध्ये ३९ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएकामा जेठमा ३४ प्रतिशतमा मात्रै कोभिड सङ्क्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको एक तिहाइ बजेट भौतिक पूर्वाधारमा, पोखरामै लाइसेन्स छाप्न बजेट विनियोजन
-
तलब वृद्धिमा विभेद गरियो, विकास खर्च निकै कम छ : रोकाय
-
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
-
ठमेलबाट पक्राउ परेका विदेशीको पेटबाट निकालियो डेढ किलो कोकिन
-
बागमतीमा कृषि पशुपन्छी, वन मन्त्रालयका लागि ६ अर्ब ७१ करोड
-
बजेट भाषण गर्दै गर्दा बत्ती गएपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण