गण्डकी विश्वविद्यालयलाई २० करोड र खेलकुद परिषद्लाई ६ करोड
सारांश
- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक विकास, युवा तथा खेलकुद क्षेत्रमा कुल २ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
- गण्डकी प्रदेश खेलकुद परिषद्लाई खेलकुद क्षेत्रको विकास, पूर्वाधार स्तरोन्नति, खेलाडी संरक्षण र प्रोत्साहनका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
- गण्डकी विश्वविद्यालयलाई विशिष्टीकृत अध्ययन अध्यापन संस्थाका रूपमा विकास गर्न २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक विकास, युवा तथा खेलकुद क्षेत्रका लागि कुल २ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेश सभामा बजेट वक्तव्य प्रस्तुत गर्दै क्षेत्रगत बजेट सार्वजनिक गरेका हुन् ।
प्रदेशको अमूल्य सम्पदाका रूपमा रहेका मौलिक भाषा, धर्म, संस्कृति, साहित्य, कला, संगीत र रैथाने ज्ञान–सीपको संरक्षण र प्रवद्र्धन गरिने बजेटमा उल्लेख छ । प्रदेशभित्रका संग्रहालय र कोसेली घरहरूलाई पर्यटकीय तथा अध्ययन केन्द्रका रूपमा विकास गरिने उनले बताए । युवाहरूका लागि सीपमूलक तालिमको व्यवस्था गरी निजी क्षेत्रसँगको सहकार्यमा रोजगारीका अवसरहरू सिर्जना गरिने सरकारले जनाएको छ ।
खेलकुद क्षेत्रको विकास, खेल पूर्वाधारको स्तरोन्नति, खेलाडीहरूको संरक्षण र प्रोत्साहनका लागि जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्न गण्डकी प्रदेश खेलकुद परिषद्लाई ६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सामुदायिक विद्यालयहरूको भौतिक तथा शैक्षिक पूर्वाधार विकास, शिक्षकहरूको क्षमता अभिवृद्धि, स्टिम ल्याब स्थापना र प्रविधिमैत्री शिक्षण सिकाइका लागि बजेट छुट्याइएको छ ।
गण्डकी प्राविधिक शिक्षालयको भौतिक संरचना निर्माण र सञ्चालनका साथै गण्डकी विश्वविद्यालयलाई विशिष्टीकृत अध्ययन अध्यापन संस्थाका रूपमा विकास गर्न २० करोड रुपैयाँ विनियोजन गरिएको आर्थिक मामिला मन्त्री शेरचनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण