ठमेलबाट पक्राउ परेका विदेशीको पेटबाट निकालियो डेढ किलो कोकिन
सारांश
- नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँबाट करिब १ किलो ५०० ग्राम अवैध लागु औषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
- पक्राउ परेका सेनेगलका नागरिक आमादु सारको पेटबाट ७६ वटा कोकिन क्याप्सुल निकालिएको छ ।
- कोकिन बुझ्न आएका दुई भारतीय महिलालाई पनि ठमेलबाट पक्राउ गरिएको छ ।
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँबाट करिब १ किलो ५०० ग्राम अवैध लागु औषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा एक जना सेनेगलका पुरुष र दुई जना भारतीय महिला रहेका छन् ।
ब्युरोका अनुसार जेठ २६ गते कतार एयरवेजको उडान नम्बर क्युआर ६४६ मार्फत इथियोपियाबाट दोहा हुँदै काठमाडौँ आएका सेनेगलका ४३ वर्षीय नागरिक आमादु सारलाई शङ्कास्पद रूपमा निगरानीमा राखिएको थियो । उनलाई ठमेलस्थित एक होटलबाट नियन्त्रणमा लिई खानतलासी गर्दा सुरुमा उनको मुखबाट निलेर पेटभित्र लुकाई ल्याइएको १६ वटा प्लास्टिक कोटेड कोकिन क्याप्सुल फेला परेको थियो ।
थप अनुसन्धानका क्रममा उनको पेटभित्र अन्य क्याप्सुलहरू समेत रहेको खुलेपछि प्रहरीले उनलाई अस्पताल भर्ना गराई चिकित्सकहरूको सहयोगमा थप ६० वटा क्याप्सुल निकालेको थियो । उनको पेटबाट निकालिएका जम्मा ७६ वटा क्याप्सुलभित्र कुल १ किलो ५०० ग्राम कोकिन फेला परेको ब्युरोले आज एक विज्ञप्ति निकालेर जनाएको छ ।
कोकिन बुझ्न आएका दुई भारतीय महिला पनि पक्राउ
प्रहरीका अनुसार पक्राउ परेका सारमाथि थप अनुसन्धान गर्ने क्रममा उक्त कोकिन बुझ्न भारतको नयाँ दिल्लीबाट दुई महिला काठमाडौँ आएको खुलेको थियो । सोही सूचनाका आधारमा प्रहरीले जेठ ३१ अर्थात् आइतबार ठमेलस्थित सोही होटलबाट भारतको दक्षिण दिल्ली, खानपुर बस्ने ३६ वर्षीया रुबी र ३१ वर्षीया सोनीलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूबाट एक थान राहदानी, भारतीय आधार कार्ड २ थान र ३ थान मोबाइल पनि बरामद गरेको जनाएको छ । ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार पक्राउ परेका तीनै जना प्रतिवादीहरूमाथि लागु औषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
-
जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?
-
भागबण्डा नमिल्दा सुदूरपश्चिमको बजेट भाषण अनिश्चित
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट (पूर्णपाठ)
-
समाजसेवी र कलाकारलाई माईजोगमाई सेवा समाजको सम्मान
-
कर्णालीको उद्योग, पर्यटन मन्त्रालयका लागि २ अर्ब ४६ करोड विनियोजन : पर्यटन दशक घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण