सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
कर्णालीकाे बजेट

कर्णालीमा बजेट भाषण : ३ बजे समय तोकिए पनि अझै भएन सुरु

मन्त्रिपरिषद् बैठक जारी
सोमबार, ०१ असार २०८३, १५ : ५६
सोमबार, ०१ असार २०८३

सुर्खेत । कर्णालीमा बजेट भाषण अझै सुरु हुन सकेको छैन । सोमबार दिउँसो ३ बजेका लागि समय तोकिए पनि चार बज्नै लाग्दा समेत बजेट भाषण सुरु भएको छैन ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले प्रदेश सभा तयारी अवस्थामा रहेको बताए ।

‘हामी तयारी अवस्थामा छौँ, उताबाट आउनुभएको छैन,’उनले भने,‘अलिकति समय लाग्छ भन्ने कुरा आएको छ ।’ स्रोतका अनुसार अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । 

बजेट पुस्तिका छाप्न ढिलाइ भएकाले मन्त्रिपरिषद् बैठक बस्न ढिला भएको स्रोतले बतायो । मन्त्रिपरिषद्ले बजेट पारित गरिसकेपछि बजेट भाषणका लागि प्रदेश सभा जाने कार्यतालिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप