सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

गण्डकीको वन क्षेत्रको विकास गर्न १ अर्ब २१ करोड बजेट, बाँदर नियन्त्रणमा जोड

सोमबार, ०१ असार २०८३, १६ : ५६
सोमबार, ०१ असार २०८३

सारांश

  • गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा वन तथा वातावरण मन्त्रालयका कार्यक्रमका लागि १ अर्ब २१ करोड बजेट विनियोजन गरेको छ।
  • जैविक विविधता संरक्षण, वन व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन र एक सामुदायिक वन, एक पोखरी कार्यक्रम सञ्चालन गरिनेछ।
  • बाँदर व्यवस्थापनका लागि फलफूल वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ जसले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुर्याउनेछ।

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । 

वन तथा वातावरण मन्त्रालयका कार्यक्रमका लागि सरकारले १ अर्ब २१ करोड विनियोजन गरेको छ । आगामी वर्ष जैविक विविधता संरक्षण, वन व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलनका कार्यक्रमहरू सञ्चालन हुने अर्थमन्त्री जितबहादुर शेरचनले जानकारी दिए । 

यस्तै, एक सामुदायिक वन, एक पोखरी कार्यक्रम संचालन गरिने उनले बताए । भूमिगत जल पुनर्भरण र वन्यजन्तुको बासस्थानमा पानीको व्यवस्थापनका लागि यस कार्यक्रमलाई विस्तार गरिने भएको सरकारले जनाएको छ । 

बाँदर व्यवस्थापनका लागि फलफूल वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने सरकारको घोषणा छ । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मानव–वन्यजन्तु सहअस्तित्व कायम गरौँ, कृषि बालीको क्षति न्यूनीकरण गरौँ भन्ने नाराका साथ वन क्षेत्रमा फलफूलजन्य प्रजातिका बोटबिरुवा रोप्ने र संरक्षण गर्ने कार्यक्रम सञ्चालन गरिने शेरचनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप