बागमती प्रदेश सरकारको निर्णयप्रति पत्रकार महासंघको आपत्ति
बागमती प्रदेश सरकारको आफैं सञ्चारमाध्यम सञ्चालन गर्ने निर्णयप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । प्रदेश सरकारले नयाँ बजेटमार्फत आफैं सञ्चारमाध्यम सञ्चालन गर्नेगरी बजेट विनियोजन गरेको निर्णय तत्काल फिर्ता लिन समेत महासंघले माग गरेको छ ।
महासंघका महासचिव रोशन पुरीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । विज्ञप्तिमा प्रदेश सरकार आफैंले सञ्चारमाध्यम सञ्चालन गर्दा नागरिकको विचारलाई नियन्त्रण गर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने एवम् स्वतन्त्र पत्रकारिताको मान्यता र भावना विरुद्ध हुने जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छः ‘लोकतन्त्रको मूल्य, मान्यताको उपहास हुनेगरी बागमती प्रदेश सरकारले गरेको यो निर्णयले नीजि र सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई धरासायी बनाउने, स्वतन्त्र प्रेस र नागरिकका आवाजहरूलाई दबाउने उद्देश्य रहेको प्रष्ट छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने र नियन्त्रित सूचना सम्प्रेषण गर्ने गरी सञ्चारमाध्यम सञ्चालनका लागि बजेट बिनियोजन गरिएकोमा महासंघ यसको कडा शब्दमा भर्त्सना गर्दै आपत्ति प्रकट गर्दछ ।’ महासंघले तत्काल यो निर्णय फिर्ता लिन सरकारलाई आग्रह गर्दै अन्यथा यसविरुद्ध कडा रुपमा जाने चेतावनी समेत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण