यो बेला धक्का दिनसके अग्रणी शक्तिको रुपमा स्थापित हुन सकिन्छ : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको भन्दै यही बेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका छन् । बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको बताएका हुन् ।
उनले यस्तो बेलामा धक्का दिन सके राप्रपाको मान्यताहरु स्थापित हुने र पार्टी अग्रणी शक्तिको रुपमा स्थापित हुने बताए । विगतका कमी, कमजोरीहरुबाट पाठ सिक्दै, पार्टी एकतालाई अक्षुण राख्दै पार्टीलाई गतिशील तुल्याउनुपर्ने आवश्यकता रहेको उनले औँल्याए ।
उनले भने– ‘अहिलेको संवैधानिक व्यवस्थामाथि प्रश्नचिन्ह खडा भएको छ । यही प्रश्नचिन्ह खडा भएकै बेलामा हो हामीले धक्का दिन सक्यौँ भने हाम्रा मान्यताहरु स्थापित हुने र साथसाथै पार्टी पनि अग्रणी शक्तिको रुपमा स्थापित हुने । यो धरातलीय यथार्थ छ । अब हामीले आगामी दिनका रणनीतिहरु तय गर्नुपर्ने हुन्छ । विगतका कमी कमजोरीहरुबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । पार्टी एकतालाई अक्षुण राख्दै, प्रतिवद्धता कायम गर्दै हामीले आफुलाई गतिशिल तुल्याउनुपर्ने आवश्यकता छ ।’
अध्यक्ष थापाले पार्टीलाई माथि उठाउनको निम्ति चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुको विकल्प नभएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण