१५ करोड रुपैयाँ बराबरको यूरोपियन प्रविधिका १२ वटा अक्सिजन प्लान्ट आयात
काठमाडौं– एजलिड इन्टरनेसनलले यूरोपबाट पहिलोपटक १२ वटा अक्सिजन प्लान्ट आयात गरेको छ ।
सरकारी तथा निजी अस्पतालमा जडान गर्ने गरी राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) र एसडीएस होल्डिङ्स्सँगको सहकार्यमा एजलिड इन्टरनेसनलले करिव १५ करोड रुपैयाँ बराबरको यूरोपियन प्रविधिका १२ वटा अक्सिजन प्लान्ट आयात गरेको हो ।
हाल आयात गरिएका प्लान्ट काठमाडौंको जनमैत्री अस्पताल, टेकु अस्पताल, हेटौंडा अस्पताल, कीर्तिपुर अस्पताल, पोखरा सरुवा रोग नियन्त्रण अस्पताल र कन्काई अस्पतालमा जडान गरिनेछ । अक्सिजन आयातका लागि एनबीआईसँगै हेटौंडा उद्योग वाणिज्य संघ, पुरी फाउन्डेसन बेल्जियम र एनआरएनए बेल्जियमले समेत सहयोग गरेका छन् ।

आयात गरिएका मध्ये ६ वटा आवश्यकता अनुसार कुनै पनि अस्पताललाई बिक्री गर्न सकिने एजलिड इन्टरनेसनलका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए । टर्कीको एटासाम कम्पनीबाट उत्पादित ‘अक्सिलाइफ’ ब्रान्डको अक्सिजन प्लान्ट अहिलेसम्म नेपालमा आएको भन्दा गुणस्तरीय रहेको कम्पनीको दाबी छ । ‘हालसम्म नेपालमा ९२ प्रतिशत मात्रै अक्सिजन मात्रा भएका प्लान्ट आयात हुँदै आएकोमा पहिलोपटक यूरोपबाट ९५ प्रतिशत मात्रा भएको प्लान्ट आयात भएको छ,’ अध्यक्ष श्रेष्ठले भने ।

ल आयात गरिएका अक्सिजन प्लान्टबाट प्रतिदिन २५ सिलिन्डरदेखि १७६ सिलिन्डरसम्म अक्सिजन उत्पादन हुन्छ । उत्पादित अक्सिजन ५० देखि २ सय ५० बेडको अस्पतालको माग सहजै धान्न सक्दछ ।
वैशाख तेस्रो सातादेखि औषधि तथा अस्पताल उपकरणमा चरम अभाव भएकाबेला पनि एजलिड इन्टरनेसनले अक्सिजन सिलिन्डर, भेन्टिलेटर, पल्स अक्सिमिटर लगायतको आपूर्ति तथा बजार व्यवस्थापन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण