आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

१५ करोड रुपैयाँ बराबरको यूरोपियन प्रविधिका १२ वटा अक्सिजन प्लान्ट आयात

शुक्रबार, ११ असार २०७८, २१ : ५०
शुक्रबार, ११ असार २०७८

काठमाडौं– एजलिड इन्टरनेसनलले यूरोपबाट पहिलोपटक १२ वटा अक्सिजन प्लान्ट आयात गरेको छ । 

सरकारी तथा निजी अस्पतालमा जडान गर्ने गरी राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) र एसडीएस होल्डिङ्स्सँगको सहकार्यमा एजलिड इन्टरनेसनलले करिव १५ करोड रुपैयाँ बराबरको यूरोपियन प्रविधिका १२ वटा अक्सिजन प्लान्ट आयात गरेको हो । 

हाल आयात गरिएका प्लान्ट काठमाडौंको जनमैत्री अस्पताल, टेकु अस्पताल, हेटौंडा अस्पताल, कीर्तिपुर अस्पताल, पोखरा सरुवा रोग नियन्त्रण अस्पताल र कन्काई अस्पतालमा जडान गरिनेछ । अक्सिजन आयातका लागि एनबीआईसँगै हेटौंडा उद्योग वाणिज्य संघ, पुरी फाउन्डेसन बेल्जियम र एनआरएनए बेल्जियमले समेत सहयोग गरेका छन् ।

आयात गरिएका मध्ये ६ वटा आवश्यकता अनुसार कुनै पनि अस्पताललाई बिक्री गर्न सकिने एजलिड इन्टरनेसनलका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए । टर्कीको एटासाम कम्पनीबाट उत्पादित ‘अक्सिलाइफ’ ब्रान्डको अक्सिजन प्लान्ट अहिलेसम्म नेपालमा आएको भन्दा गुणस्तरीय रहेको कम्पनीको दाबी छ । ‘हालसम्म नेपालमा ९२ प्रतिशत मात्रै अक्सिजन मात्रा भएका प्लान्ट आयात हुँदै आएकोमा पहिलोपटक यूरोपबाट ९५ प्रतिशत मात्रा भएको प्लान्ट आयात भएको छ,’ अध्यक्ष श्रेष्ठले भने । 

ल आयात गरिएका अक्सिजन प्लान्टबाट प्रतिदिन २५ सिलिन्डरदेखि १७६ सिलिन्डरसम्म अक्सिजन उत्पादन हुन्छ । उत्पादित अक्सिजन ५० देखि २ सय ५० बेडको अस्पतालको माग सहजै धान्न सक्दछ । 

वैशाख तेस्रो सातादेखि औषधि तथा अस्पताल उपकरणमा चरम अभाव भएकाबेला पनि  एजलिड इन्टरनेसनले अक्सिजन सिलिन्डर, भेन्टिलेटर, पल्स अक्सिमिटर लगायतको आपूर्ति तथा बजार व्यवस्थापन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप