कर्णालीमा १८४ जनाले जिते कोरोना
कर्णाली प्रदेशमा आज एकैदिन थप १८४ जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना भाइरसलाई जित्नेहरूको संख्या २५ हजार ४४३ जना रहेको छ । पछिल्लो केही सातादेखि प्रदेशमा संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या बढेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार झण्डै ९० प्रतिशत संक्रमितहरुले कोरोनालाई जितेका छन् ।
हाल सक्रिय संक्रमितको संख्या १ हजार १९७ मा झरेको अवस्था छ । यस्तै आज ६३ जना नयाँ संक्रमित थपिएका छन् । ६२ जनामा गरिको आरटी–पीसिआर परीक्षणबाट १८ जनामा कोरोना पुष्टि भएको थियो भने १५८ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ४५ जनामा कोरोना देखिएको हो । निर्देशनालयका अनुसार पछिल्लो समय आरटी–पीसिआर विधिबाट भन्दा एन्टिजेन विधिबाट गरिने परीक्षणको दायरा बढाइएको छ ।
आज संक्रमित हुनेमा रुकुम पश्चिममा सबैभन्दा धेरै २७ जनामा कोरोना देखिएको छ । अन्य जिल्लाको तुलनामा पछिल्लो समय रुकुम पश्चिम, कालिकोट, जुम्ला जिल्लामा कोरोनाका बिरामी बढी देखिने गरेका छन् । यस्तै आज कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या प्रदेशमा ३०८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी समाचार प्रभावः विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
सुडानमा प्राकृतिक स्रोतको दोहनले गृहयुद्ध लम्ब्याइरहेको संयुक्त राष्ट्र सङ्घको निष्कर्ष
-
बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु
-
प्रदेशमा सत्ता गठबन्धन फेरबदलः पुराना दलमा पुरानै रोग
-
भारत–नेपाल ऊर्जा सहकार्य थप मजबुत बनाइने
-
‘घरजग्गा व्यवसाय सुधार्न नीतिगत स्थिरता आवश्यक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण