फोब्र्स कोरोना गार्ड नेपालमा, ९९.९ प्रतिशत प्रभावकारी
काठमाडौं । कोरोना भाइरस नियन्त्रण गर्नको लागी फोब्र्स कोरोना गार्डले अत्याधुनिक उपकरण सहितको कोरोना निस्क्रिय पार्ने उपकरण बजारमा ल्याएको छ ।
स्वास प्रश्वासको माध्यमबाट वातावरणमा आफ्नो डरलाग्दो उपस्थिति दर्साउने कोरोना भाइरसलाई निस्क्रिय बनाउन यस उपकरणलाई नेपाली बजारमा सहज रुपमा बिक्री वितरणका लागि त्रिवेणी समूहद्वारा सञ्चालित त्रिवेणी व्यापार कम्पनीले पूर्ण रुपमा जडान गरी यसको प्रभावकारिता बारे जानकारी गराउँदै बिक्री वितरण शुरु गरेको छ ।
अन्तर्राष्ट्रिय गुणस्तरको यस विद्युतिय कोरोना गार्ड उपकरण स्कुल, कलेज, बैंक, वित्तीय क्षेत्र, कार्यालय, मल, सिनेमा हल, हस्पिटल, रेष्टुरेन्ट तथा विभिन्न ठाउँहरुमा जडान गरिएमा वातावरणमा देखिने कोराना भाइरस तथा फ्लुहरुको उपस्थितिलाई निस्प्रभाव बनाउँदै यसको जोखिम पूर्ण रुपमा निर्मुल गर्न सक्ने दावी नेपालका लागी आधिकारीक बिक्रेता त्रिवेणी व्यापार प्रा.ली.को रहेको छ ।
कोरानाका स्पाइ प्रोटिन नष्ट पारी ति भाइरस तथा फ्लुहरुलाई पूर्ण रुपमा प्रभावहिन बनाउने र यसको प्रयोगले अन्य कुनै असर नहुने दावी त्रिवेणी व्यापार कम्पनीको रहेको छ ।
कम्पनीका अनुसार यो एक विद्युत किफायती उपकरण रहेको, जसको प्रयोग आफ्नो सुरक्षा अनुकुलता हेरर गर्न सकिने र यसमा कुनै रसायन केमिकलको प्रयोग भएको छैन । यसको गुणस्तरियताका मापन भारत लगायत विभिन्न देशका अन्तर्राष्ट्रिय ल्याबहरुमा परिक्षण भएको कम्पनीले जनाएको छ ।
यूएसईपीएका अनुसार यो ९९.९ प्रतिशत प्रभावकारी छ र यसको प्रभाव बन्द कोठामा एक हजार स्क्वायर फिटसम्म रहने साथै यसको परिक्षण मानव तथा जनावरहरू सबैमा गरीएको हुनाले पुर्णरुपमा प्रभावकारी रहेको त्रिवेणीले दाबि गरेको छ ।
फोब्र्स कोरोना गार्डलाई सजिलै जहाँ पनि जडान गर्न सकिने भएकाले यसलाई आफु अनुकुल स्थानमा प्रयोग गर्न मिल्नेछ । अन्य एयर प्युरीफायरहरुले हावामा रहेका भाइरस तथा ब्याक्टेरियाहरुलाई प्रशोधन गरी सफा हावा दिने मात्र गर्दछन् तर यस फोब्र्स कोराना गार्डले हावामा रहेका कोराना प्रजातिका परिवारका स्पाई प्रोटिनलाई निस्कृय गर्ने भएकाले यस विषम् परिस्थितिलाई कोराना गार्ड नै उपयुक्त उपकरण हुने अब बजारमा देखिन्छ ।
यस उपकरणमा कम्पनीले एक वर्षको वारेन्टी समेत दिएको जानकारी गराएको छ । कोराना महामारीको नियन्त्रण तथा बजार सहजीकरण गर्न यस फोब्र्स कोरोना गार्ड एक प्रभावकारी यन्त्र बन्नेमा कम्पनी विश्वस्त रहेको कम्पनीका अध्यक्ष शैलेश संघईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने एक जना पक्राउ
-
नागढुङ्गा सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै, स्थानीयले विभिन्न माग राखेर गरे विरोध
-
एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण