एमबीएस प्रश्नपत्र लिक गर्ने आरोपीको खुलाइयो परिचय
सारांश
- त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक गर्ने व्यक्ति संदिप सिंह रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
- कैलालीको घोडाघोडी नगरपालिका–११ घर भएर भक्तपुर बस्ने ३३ वर्षीय सिंहलाई पक्राउ गरिएको छ ।
- यो घटना एमबीएस प्रश्नपत्र लिक प्रकरणसँग सम्बन्धित छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक गर्ने व्यक्ति संदिप सिंह रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–११ घर भएर भक्तपुर बस्ने ३३ वर्षीय सिंहलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले पुष्टि गरेका हुन् ।
साउन ८ मा सञ्चालित एमबिएसको अर्गनाइजेशनल बिहेबयर विषयको प्रश्नपत्र ह्वाट्स एपमार्फत बाहिरिएपछि त्यसबारे प्रहरीले अनुसन्धान थालेको थियो । यसअघि दुईजना पक्राउ परेकोबारे साइबर ब्युरोका अधिकारीहरुले जानकारी दिएका थिए ।
एकजनाको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको साइबर ब्युरोका एकजना अधिकृतले रातोपाटीलाई बताए । पक्राउ परेका आरोपी सिंहविरुद्ध शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको एसएसपी जबराले जानकारी दिए । घटनाबारे सीआईबीमातहत रहेको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकार निर्माणमा नेकपा र एमालेको जुरेन भाखा, टिकाउन खोज्दै कांग्रेस
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
-
ओलीको शिलालेख हटाइएको भन्दै एमाले चन्द्रागिरि नगर कमिटीको आपत्ति
-
रेनुलाई एसियाली पारा खेलकुदका लागि वाइल्ड कार्ड
-
कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण