सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन

सोमबार, ११ साउन २०८३, ०९ : ४९
सोमबार, ११ साउन २०८३

सारांश

  • एसोसिएसन अफ प्रि-स्कुल एजुकेसन नेपाल (एपीन) को सुदूरपश्चिम प्रदेश र कैलाली जिल्लाको समिति सर्वसम्मत रूपमा गठन गरिएको छ।
  • धनगढीमा आयोजित भेलाले प्रारम्भिक तथा पूर्वप्राथमिक शिक्षाको गुणस्तर सुधार, शिक्षक क्षमता विकास र साझा समस्याबारे छलफल गरेको छ।
  • नवनिर्वाचित समितिले संस्थागत विद्यालयबीच सहकार्य बढाउँदै गुणस्तरीय शिक्षाका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ।

कैलाली । एसोसिएसन अफ प्रि–स्कुल एजुकेसन नेपाल (एपीन) को सुदूरपश्चिम प्रदेश तथा कैलाली जिल्ला समिति गठन गरिएको छ। धनगढीमा आयोजित संस्थागत विद्यालयका प्रतिनिधिहरूको भेलाबाट दुवै समिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

कार्यक्रममा प्रारम्भिक तथा पूर्वप्राथमिक शिक्षाको गुणस्तर सुधार, शिक्षकको क्षमता विकास, सदस्यता विस्तार र संस्थागत विद्यालयका साझा समस्याका विषयमा गहन छलफल भएको थियो।

भेलाले एपिन सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा मोहनराज ओझालाई चयन गरेको छ। उपाध्यक्षमा निर्मलबहादुर सिंह, सचिवमा सुरेन्द्र बोहरा, कोषाध्यक्षमा भोवीबहादुर कटुवाल र सहसचिवमा भक्तराज ओझा सर्वसम्मत छानिएका छन्। प्रदेश सल्लाहकार समितिको संयोजकमा निरपबहादुर कुँवर र सदस्यमा ज्ञानु जोशी रहेका छन्।

त्यस्तै एपिन कैलाली जिल्ला समितिको अध्यक्षमा शंकरबहादुर मल्ल चयन भएका छन्। उपाध्यक्षमा अच्युत दाहाल र सृष्टि हुमागाईं मल्ल, सचिवमा सरिता शाह तथा कोषाध्यक्षमा सुनिता पडाल चयन भएका छन्। कैलाली जिल्ला सल्लाहकार समितिको संयोजकमा सुजित शर्मा र सदस्यमा ओमजंग सिंह रहेका छन्।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइयो। नयाँ नेतृत्वले संस्थागत विद्यालयहरूबिच सहकार्य र समन्वय बढाउँदै गुणस्तरीय प्रारम्भिक शिक्षा, शिक्षकको क्षमता विकास तथा बालमैत्री शिक्षाका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप