आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

बलात्कार आरोपमा आफैँले हिरासतमा पुर्‍याएको युवकसँग बिहे गर्न युवतीको जिद्दी

आइतबार, १० साउन २०८३, १५ : ३६
आइतबार, १० साउन २०८३

नयाँ दिल्ली । बलात्कारका मुद्दामा आरोपितलाई कडाभन्दा कडा सजाय दिलाउन माग गरिन्छ । तर एक युवतीले बलात्कार आरोप लगाएर हिरासतमा पुर्‍याएकै युवकसँग बिहे गर्न जिद्दी गरेको घटना प्रकाशमा आएको छ ।

भारतको उत्तर प्रदेश राज्यको गोरखपुरस्थित चौधरी चौरा थाना अन्तर्गतको क्षेत्रमा यो घटना भएको हो । उक्त थानाका प्रहरी प्रमुख कुन्दन कुमार सिंहका अनुसार पीडित युवतीले दिएको जाहेरीका आधारमा एक युवकलाई नियन्त्रणमा लिइएको थियो ।

बिहे गर्ने प्रलोभन दिएर ती युवकले आफूलाई बलात्कार गरेको युवतीको आरोप थियो । सोही अनुसार प्रहरीले पीडक युवकलाई गिरफ्तार गरेको थियो ।

तर, शनिबार बिहान ती युवती थाना अगाडि आएर हिरासतमा रहेका युवकलाई बाहिर ल्याइदिन आग्रह गर्न थालिन् । उनी ती युवकसँग आफू विवाह गर्न तयार रहेको प्रहरीसमक्ष बताइन् ।

प्रहरीले हिरासतमा रहेका मानिसलाई बाहिर ल्याउन नमिल्ने बताए पनि ती युवतीले आफ्नो अडान कायम नै राखेको प्रहरी थाना इन्चार्ज सिंहले बताए । उनका अनुसार केही समयपछि ती युवतीले आफूसँग रहेको फिनाइलको बोतल निकालेर केही घुट्का पिइन् ।

सिंहका अनुसार तत्काल उनलाई नजिकैको अस्पतालमा लगिएको थियो । अवस्था गम्भीर भएपछि उनलाई जिल्ला अस्पतालमा रेफर गरिएको छ । प्रहरीका अनुसार युवतीका परिवारलाई यसबारे सूचना दिइएको छ । हाल उनको अवस्था स्थिर रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप