आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा नयाँ सरकारबारे अझै औपचारिक छलफल सुरु भएन

आइतबार, १० साउन २०८३, १५ : ५५
आइतबार, १० साउन २०८३

बुटवल । केन्द्रमा नेकपा एमाले र नेकपाबिच प्रदेश सरकार गठनका लागि सत्ता सहकार्य गर्ने सहमति भए पनि लुम्बिनी प्रदेशमा भने दुवै दलबीच अझै औपचारिक छलफल सुरु भएको छैन।

माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारुले केन्द्रमा सहमति भइसके पनि प्रदेशस्तरमा सरकार गठन, मन्त्रालय बाँडफाँट तथा अन्य विषयमा एमालेसँग औपचारिक छलफल नभएको बताए।

उनले भने, 'केन्द्रमा सहमति भएको छ। तर प्रदेशमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा दुई दलबीच औपचारिक छलफल अहिलेसम्म भएको छैन।'

एमालेका तर्फबाट पनि सरकार सञ्चालनको मोडालिटीबारे कुनै औपचारिक संवाद नभएको उनको भनाइ छ।

उनका अनुसार दुवै दलबीच भोलि वा पर्सिदेखि छलफल सुरु हुन सक्ने सम्भावना रहेको छ।

हाल लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको छ। 

केन्द्रमा नेपाली कांग्रेस र एमालेबीचको सत्ता सहकार्य अन्त्य भएपछि एमाले र माओवादी केन्द्रबीच नयाँ सत्ता समीकरण गर्ने सहमति भएको हो।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप