नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
सोमबार, ११ साउन २०८३, ०९ : ०७
सारांश
- नवलपुरमा अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
- गैँडाकोट नगरपालिका वडा नम्बर १० स्थित अकलामाई मन्दिर नजिकै चौरमा उनीहरू अचेत भेटिएका थिए ।
- मृत्यु हुनेमा बागलुङकी ३८ वर्षीया कबिता राई र भोजपुरकी अन्दाजी ४५ वर्षीया कान्छी राई रहेका छन् ।
पोखरा । नवलपुरमा अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
गैँडाकोट नगरपालिका वडा नम्बर १० स्थित अकलामाई मन्दिर नजिकै चौरमा उनीहरू अचेत भेटिएका थिए ।
पूर्व–पश्चिम राजमार्गको बायाँ साइडमा फेला परेका दुवै जनालाई उद्धार गरी उपचारका लागि नगर अस्पताल भेडाबारी पठाएको प्रहरीले जनाएको छ ।
अस्पताल पुर्याएपछि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका सूचना अधिकारी डीएसपी अनिल पण्डितले जानकारी दिए ।
उनका अनुसार, मृत्यु हुनेमा बागलुङको जैमिनी ९ घर भई हाल गैँडाकोट १२ हर्कपुरमा डेरा गरी बस्ने ३८ वर्षीया कबिता राई र भोजपुर घर भई हाल गैँडाकोट १० पितौजी बस्ने अन्दाजी ४५ वर्षीया कान्छी राई छन् ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान टोली खटिएर घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै, स्थानीयले विभिन्न माग राखेर गरे विरोध
-
एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण