आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीले सचिवालयका एक सदस्यलाई हटाएको समाचार हल्ला मात्र *

आइतबार, १० साउन २०८३, १८ : ४९
आइतबार, १० साउन २०८३

सारांश

  • प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयका सदस्य माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन्।
  • गत १ असारको राहदानी प्रकरणमा उग्र व्यवहार र आचरणमा प्रश्न उठेकाले खनाललाई टोलीबाट बिदा गरिएको हो।
  • खनालविरुद्ध व्यक्तिगत क्रियाकलापबारे उजुरी परेको र उनको टिममा रहँदा प्रधानमन्त्रीको छविमा असर पर्ने निष्कर्षपछि उनलाई जिम्मेवारीबाट अलग गरिएको छ।

काठमाडौँ । प्रधानमन्त्री सचिवालयमा रहेका माधव खनालको राजीनामाबारे हल्ला मात्रै रहेको प्रधानमन्त्री सचिवालयले स्पष्टीकरण दिएको छ ।

'सार्वजनिक बिदाको दिन राजीनामा कहाँ आउँछ ? आउने भए शुक्रबार नै आउँथ्यो नत्र सोमबार आउला,' प्रधानमन्त्रीको सचिवालयमा रहेका एक जनाले रातोपाटीसँग भने । 

उनले खनाललको राजीनामाबारे कुनै निर्णय नभएको हामीसँग स्पष्ट पारे । 'हल्ला त के के आउँछ आउँछ,' उनले थपे । 

यद्यपि खनाललाई प्रधानमन्त्री आफैँले राजीनामा गर्न लगाएको यसअघि प्रधानमन्त्री कार्यालयको सचिवालयबाटै सूचना बाहिरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप