सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
सोमबार, ११ साउन २०८३, ०१ : ०८
सारांश
- कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ।
- २९ वर्षीय हेमन्त चौधरी खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो।
- धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब ९ः१० बजेतिर कैलारी गाउँपालिका–५ जबदहवा निवासी २९ वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो ।
सर्पदंशपछि उपचारका लागि उनलाई राति नै सेती प्रादेशिक अस्पताल धनगढी लगिएकामा उपचारकै क्रममा १०ः४० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।
मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण