माछा मार्ने क्रममा खोलाले बगाउँदा एक युवकको मृत्यु
मङ्गलबार, १५ असार २०७८, १८ : ५८
पोखरामा माछा मार्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । पोखरा–१७ काउछेघारी स्थित फुस्रे खोलामा माछा मार्ने क्रममा खोलाले बगाएर यमबहादुर गुरुङको मृत्यु भएको हो ।
स्याङ्जा बिरुवा गाउँपालिका–७ डिही घर भई हाल पोखरा महानगरपालिका–१७ हनुमान टोल बस्ने २६ वर्षीय गुरुङको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुरुङलाई खोलाले बगाएर अन्दाजी ५ सय मिटर तल पुर्याएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए ।
शव पोस्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता हमालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण