छिमेकी कसैको खिलाफमा जाने र कसैको पक्षमा लाग्ने काम हुनुहुँदैन : सभापति देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकीले कसैको पक्षमा लाग्न नहुने बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा विपक्षी गठबन्धनले लेखक तथा बुद्धिजीवीसँग आयोजना गरिएको अन्तरक्रियामा छिमेकी कसैको खिलाफमा जाने र कसैको पक्षमा लाग्ने नहुने बताए ।
पाँच पूर्व प्रधानमन्त्रीको वक्तव्यबारे सोधिएको प्रश्नमा देउवाले नेपालको आपसी कुरामा छिमेकीको हस्तक्षेप देखिएपछि नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्छ भनेको बताए ।
पाँच पूर्वप्रधानमन्त्रीले २९ जेष्ठमा वक्तव्य जारी गर्दै ‘नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छौं’ भनेका थिए ।
देउवाले भने– ‘हामीलाई छिमेकीको आवश्यकता छ । हामी छिमेकी बदल्न सक्दैनौं । तर हाम्रो आपसी कुरामा छिमेकीले किन पस्नुपर्यो भन्ने कुरा हो । छिमेकीबाट पक्षपात नहोस् । कसैको खिलाफमा जाने कसैको पक्षमा लाग्ने काम हुनुहुँदैन भन्ने हो ।’
यस्तै देउवाले एमाले वरिष्ठ नेता माधव नेपालमाथि अन्याय भएको बताएका देउवाले भने, ‘माधवजीमाथि अन्याय भएको छ । उहाँलाई न्याय हुनुपर्छ । न्याय दिने कुरामा हाम्रो साथ सहयोग रहन्छ । उहाँलाई न्याय हुन्छ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले धम्क्याउँदा र तर्साउँदा कोही नतर्सिने बताए ।
‘ओलीजीले धम्क्याउने र तर्साउने काम गर्नुभएको छ । को तर्सिन्छ यहाँ । कस्तो नबुझेको । राणा र पञ्चायतसँग लडेका मान्छे कोही डराउँछ’ देउवाको भनाइ छ । प्रधानमन्त्री ओलीबाट अदालतका न्यायाधीशलाई पनि धम्की काम भएको भन्दै देउवाले आक्रोश व्यक्त गरे ।
उनले भने, ‘न्यायाधीशलाई धम्की दिएपछि स्वतन्त्र न्यायालय हुन्छ ? न्यायालय कसैको कन्ट्रोलमा बस्दैन । त्यसकारण ओलीको धम्कीबाट कुनै न्यायाधीश डराउने हुने छैन । संविधान बचाउने कुरामा सबैको साथ सहयोग हुनेछ ।’ राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री ओलीको कार्यकर्ता जस्तो भएको आरोप लगाउँदै देउवाले बहुमत प्रतिनिधिसभाका सदस्यले हस्ताक्षरसहित सरकार गठनका लागि दाबी गर्दा पनि नमानेको आरोप लगाए ।
यस्तै उनले कमिसनको खेलका कारण कोरोना खोप आउन नसकेको कुरा मन्त्रीले नै बताएको भन्दै त्यसमा प्रधानमन्त्रीको पनि कनेक्सन रहेको देउवाको आरोप छ । देउवाले आफ्नो सरकार बनेको अवस्थामा पहिलो प्राथमिकता कोरोना खोपलाई दिइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण