सुर्खेतमा असार २५ गतेसम्म थपियो निषेधाज्ञा, सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली
सुर्खेत । वैशाख १४ गतेदेखि लागु गरिएको निषेधाज्ञा थप ८ दिन थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले थप ८ दिन निषेधाज्ञा थप गरेको हो ।
जिल्ला प्रशासन कार्यलय सुर्खेतका अनुसार गएराति १२ बजेदेखि असार २५ गते राति १२ बजे सम्मका निषेधाज्ञा थप गरिएको हो । पछिल्लो समय निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ ।
संक्रमणको जालो तोड्न, जोखिम नियन्त्रण, रोकथाम गर्नको लागि निषेधाज्ञा थप गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
असार १ गतेबाट निषेधाज्ञा खुकुलो पार्दै गएकोमा आजदेखि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म पसल सञ्चालन गर्न दिइने भएको छ ।
तरकारी फलफूल पसलहरु बिहान ६ देखि बेलुका ६ बजेसम्म खुला रहने छन् ।
यस्तै, होटल तथा रेष्टुरेन्ट ५० प्रतिशत नबढ्ने गरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने, भिडभाड नहुने गरी सञ्चालन गर्न पाइने छ ।
सवारी साधनमा जोर–विजोर
यस्तै आजदेखि सवारी साधनमा जोर–विजोर प्रणाली अनुसार सञ्चालन भएका छन् । सुर्खेत जिल्लाभित्र मात्र सञ्चालन हुनेगरी निजी तथा सार्वजनिक सवारी साधनहरुमा यो प्रणाली लागू गरिएको प्रशासनले जनाएको छ ।
तर, ती सवारी साधनलाई सुर्खेत जिल्ला भन्दा बाहिर जान प्रतिबन्ध लगाइएको छ ।
प्रशासनको आदेश पालना नगरेको खण्डमा कोभिड—१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही गरिने प्रशासनले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी समाचार प्रभावः विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
सुडानमा प्राकृतिक स्रोतको दोहनले गृहयुद्ध लम्ब्याइरहेको संयुक्त राष्ट्र सङ्घको निष्कर्ष
-
बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु
-
प्रदेशमा सत्ता गठबन्धन फेरबदलः पुराना दलमा पुरानै रोग
-
भारत–नेपाल ऊर्जा सहकार्य थप मजबुत बनाइने
-
‘घरजग्गा व्यवसाय सुधार्न नीतिगत स्थिरता आवश्यक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण