रौतहटको नदीहरूमा पानीको सतह घट्दै, गौरको मुख्य बाटोमा भने डेढ फिट पानी

अविरल वर्षासँगै पछिल्लो दुई दिनदेखि लगातार बढ्दै गएको रौतहटको नदीहरूमा पानीको सतह आजदेखि क्रमशः घट्न थालेको छ । जिल्लाको पूर्वी भेग स्थित बागमती र पश्चिम लालबकैया नदीका साथै साना साना खोलाहरूमा समेत आज बिहानै देखि पानीको सतह घटिरहेको देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार बागमती नदीमा पानी को सतह ६५० मिलिलिटर र बकैया नदीमा पनि अन्दाजी साढे ५ फिट पानीको सतह बढेको थियो । तर शुक्रबार आज बिहानको मापन अनुसार बागमती ५५० मा मिलिटर र लालबकैया नदीमा अन्दाजी ५ फिट पानीको सतह रहेको रौतहटका सिडिओ इन्द्रदेव यादवले बताएका छन् ।
अन्य खोलाहरू चांदी, झांझ, गुजरा लगायतमा पानीको सतह घटिरहेको अवस्था रहेको सिडिओ यादवले जानकारी दिएका छन् । बागमती नदीमा ५०० मिलिमिटर भन्दा बढी पानीको बहाव देखिएमा त्यसलाई खतराको सङ्केत मानिने हुँदा अब क्रमशः खतरा कम हुँदै गएको छ ।
यसैबीच लगातारको बाढीले क्षतिग्रस्त बनाएको बागमतीको १ नम्बर स्पर नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले गए राती मर्मत गरेको छ । राजदेवी नगरपालिका ९ स्थित कटान हुन लागेको स्पर संयुक्त टोली र स्थानीय मिलेर बाँस पाईलिङ गरी बोराभित्र बालुवा राखेर तत्काल मर्मत गरेको रौतहट प्रहरी प्रमुख एसपी सिद्धि विक्रम शाहले जानकारी दिनुभयो ।
नदीहरूमा पानीको बहाव कम भएपछि जिल्ला सदरमुकाम गौर स्थित मुख्य बाटोमा अदालतको अगाडि डेढ फिट पानी जमेको छ । मुख्य बाटोमा पानी जमेकाले आवतजावत गर्न ठुलो कठिनाइ भइरहेको स्थानीय पत्रकार आरएन साहले बताएका छन् ।
जिल्लाको पूर्वीभेगमा बागमती र पश्चिममा लालबकैया नदीमा ठुलो बाढी आएमा दक्षिणी भेगका केही गाउँ र सदरमुकाम गौर डुबानमा पर्ने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या