दैलेखमा विपक्षी विद्यार्थी सङ्गठनद्वारा मसाल जुलुस प्रदर्शन
शनिबार, १९ असार २०७८, २१ : ४०
विपक्षी गठबन्धनमा आबद्ध दलहरू निकट विद्यार्थी सङ्गठनहरूले दैलेख सदरमुकाममा मसाल जुलुस प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धनमा आबद्ध दलहरू निकट विद्यार्थी सङ्गठनहरूले शनिबार साँझ सदरमुकाममा मसाल जुलुस प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका छन् ।
मसाल जुलुस गर्नुको खास कारण संसद् विघटन विरुद्धमा हो,’ अनेरास्ववियु केन्द्रीय कमिटीमा सदस्य विशाल योगीले रातोपाटीसँग भने,‘ ओलीले संविधानलाई ध्वस्त पार्दै छन् । ओलीको प्रतिगमनका विरुद्धमा आन्दोलनमा होमिएका हौँ।’ उनले आन्दोलन दैलेख सदरमुकामको लोकतान्त्रिक चोकबाट सुरु भएर देवकोटा चोकमा आएर समापन गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
-
एमालेसँग सहकार्य अन्त्य गर्ने कांग्रेसको निर्णयपछि लुम्बिनीमा राजनीतिक हलचल
-
कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी
-
बेचन झा केन्द्रीय कारागारबाट छुटे
-
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने
-
रत्नपार्कमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण