रत्नपार्कमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बुधबार, ३१ असार २०८३, १९ : १३
सारांश
- काठमाडौँ महानगरपालिका–२७ स्थित रत्नपार्कमा माइक्रोबसको ठक्करबाट ७३ वर्षीय पैदलयात्री माधव प्रसाद खनालको मृत्यु भएको छ।
- बुधबार विद्युत् प्राधिकरण अगाडी सडक क्रस गर्ने क्रममा बागमती प्रदेश–०१–००२ ज ७०१२ नम्बरको ईभी माइक्रोबसले ठक्कर दिएको थियो।
- उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएका खनालको मृत्यु भएको हो र प्रहरीले माइक्रोबस चालक राम बहादुर थिङलाई पक्राउ गरेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२७ स्थित रत्नपार्कमा माइक्रोबसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
बुधबार रत्नपार्क स्थित विद्युत् प्राधिकरण अगाडी बागमती प्रदेश–०१–००२ ज ७०१२ नम्बरको ईभी माइक्रोले ठक्कर दिँदा सड्क क्रस गर्दै गरेका ७३ वर्षीय माधव प्रसाद खनालको मृत्यु भएको हो।
उपचारको क्रममा उनको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए। मृतक काभ्रे घर भएर बुढानीलकण्ठ बस्दै आएका थिए।
दुर्घटनामा संलग्न रत्नपार्कबाट भद्रकालीतर्फ जाँदै गरेको माइक्रोबसका चालक २१ वर्षीय राम बहादुर थिङलाई प्रहरीले पक्राउ गरेको छ । चालक मकवानपुरका स्थानीय हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्री
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
-
ठमेलबाट ‘वान एक्सबेट’ का दुई एजेन्ट पक्राउ
-
सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण