कर्णालीमा थप १२५ जनाले जिते कोरोना
आइतबार, २० असार २०७८, १९ : २३
कर्णाली प्रदेशमा आज थप १२५ जनाले कोरोना भाइरस (कोभिड–१९)लाई जितेर डिस्चार्ज भएका छन् । यो सँगै सक्रिय संक्रमितको संख्या १ हजार ६३ मा झरेको छ।
यस्तै आज ४६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ३४ जनामा गरिएको आरटी–पीसिआर परीक्षण विधिबाट १४ र १९५ जनामा गरिएको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । कोरोना संक्रमण हुनेमा आज रुकुम पश्चिममा र सल्यानमा धेरै रहेका छन् ।
यस्तै आज प्रदेश राजधानी समेत रहेको सुर्खेतमा कोरोना संक्रमितको संख्या शुन्य रहेको छ । यस्तै कर्णालीमा आज कोरोनाबाट कसैले ज्यान गुमाएका छैनन भने मृतकको संख्या जम्मा ३३० रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
-
ठमेलबाट ‘वान एक्सबेट’ का दुई एजेन्ट पक्राउ
-
सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशन
-
किसानको पसिना सस्तो, उपभोक्ता भान्छा महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण