टीसीएल ब्रान्डका वासिङ मेसिन नेपाली बजारमा, १० वर्षको मोटर वारेन्टी, ५ वर्षको पीसीबी वारेन्टी
काठमाडौं । इलेक्ट्रोनिक्स तथा होम एप्लाएन्स ब्रान्ड टीसीएलले नेपाली बजारमा वासिङ मेसिन भित्र्याएको छ ।
टीभी, एयर कन्डिसनर्स तथा वासिङ मेसिनका लागि निकै प्रचलित र रुचाइएको नाम हो टीसीएल । आधुनिक टेक्नोलोजीको प्रयोगमा अग्रपंक्तिमा रहेको टीसीएलले हालसालै नयाँ मोडलका वासिङ मेसिनहरु बजारमा ल्याएको हो ।
फ्रन्ट लोडिङ मोडलमा उपलब्ध टीसीएलका वासिङ मेसिनका नयाँ मोडलमा स्मार्ट विशेषताहरु पनि रहेका छन् । फ्रन्ट लोडिङ वासिङ मेसिनमा अधिक–हाई तापक्रममा स्टेरलाइज गर्ने र कम पानी मै धेरै लुगा धुन मिल्ने क्षमता रहेको छ ।
त्यस्तै, न्यूनतम २० डिग्री सेन्टिग्रेट तापक्रममा १५ मिनेटको अवधि भित्रै लुगा धुन मिल्ने यस वासिङ मेसिनमा लुगा घट्ने वा खुम्चिने समस्या पनि नआउने बताइएको छ । बीएलडीसी मोटर जडित, यस वासिङ मेसिनमा १० वर्षको मोटर वारेन्टी र ५ वर्षको पीसीबी वारेन्टी रहेको छ । पी सिरिज मोडलमा उपलब्ध टीसीएलका वासिङ मेसिनहरु ८ केजी र १० केजीका मोडलहरुमा उपलब्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने एक जना पक्राउ
-
नागढुङ्गा सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै, स्थानीयले विभिन्न माग राखेर गरे विरोध
-
एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण