बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सांसद खड्काले गरिन् प्रदेश अस्पताललाई ३ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

बुधबार, २३ असार २०७८, १८ : २५
बुधबार, २३ असार २०७८

कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काले कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई १२ लाख मूल्य बराबरको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी छन् ।  उनले आज उक्त सामाग्री अस्पताललाई हस्तान्तरण गरेकी हुन् । खड्काले आफ्नो व्यक्तिगत पहलमा ३ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी छन् । ती अक्सिजन कन्सन्ट्रेटर काठमाडौँको स्वंयसेवी कोर नेपाल नामक संस्थाले सहयोग गरेको सांसद खड्काले जानकारी दिइन् ।

प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्कालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै सांसद खड्काले कोभिड–१९ को महामारीबाट नागरिकलाई जोगाउन आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने मनसायले समन्वय गरेको बताइन् । महामारीले सबैलाई प्रभावित गरेको भन्दै सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेर त्यसविरुद्ध प्रतिकार्य गर्नुपर्ने खड्काको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप