सांसद खड्काले गरिन् प्रदेश अस्पताललाई ३ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग
बुधबार, २३ असार २०७८, १८ : २५
कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काले कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई १२ लाख मूल्य बराबरको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी छन् । उनले आज उक्त सामाग्री अस्पताललाई हस्तान्तरण गरेकी हुन् । खड्काले आफ्नो व्यक्तिगत पहलमा ३ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी छन् । ती अक्सिजन कन्सन्ट्रेटर काठमाडौँको स्वंयसेवी कोर नेपाल नामक संस्थाले सहयोग गरेको सांसद खड्काले जानकारी दिइन् ।
प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्कालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै सांसद खड्काले कोभिड–१९ को महामारीबाट नागरिकलाई जोगाउन आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने मनसायले समन्वय गरेको बताइन् । महामारीले सबैलाई प्रभावित गरेको भन्दै सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेर त्यसविरुद्ध प्रतिकार्य गर्नुपर्ने खड्काको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण