कोरोना सङ्क्रमणबाट वडा सदस्यको मृत्यु
बिहीबार, २४ असार २०७८, १४ : ०१
कोरोना भाइरस सङ्क्रमणबाट दैलेखको डुङेश्वर गाउँपालिका–२ का वडा सदस्य तेजबहादुर थापाको आज बिहान मृत्यु भएको छ । कोरोना भाइरस सङ्क्रमण भएपछि उहाँको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको अस्पतालका सुपरिन्टेन्डेन्ट प्रकाश थापाले बताए ।
यस्तै दैलेख जिल्ला अस्पतालमा मङ्गलबार नेपाली कांग्रेस दैलेखका पूर्व पार्टी सभापति जगतजंग थापाको पनि मृत्यु भएको थियो । जिल्लामा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको जिल्ला अस्पताल दैलेखका निमित्त प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए ।
उनका अनुसार हाल जिल्ला अस्पतालको आइसोलेसनमा १४ जनाको उपचार भइरहेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ छ । जिल्लामा गत महिना मृत्युदर शून्य भए पनि यो महिना बढेकाले यसप्रति सबैलाई सचेत रहन उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने
-
रत्नपार्कमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)
-
नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका १३ जनाको समकक्षता रद्द
-
नेपालको सुरक्षा खर्चमा वृद्धि : दक्षिण एसियामा नेपाल कति असुरक्षित ?
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण