सामसङका एआई प्रविधियुक्त वासिङ्ग मेसिन नेपाली बजारमा
सामसङले पहिलो पटक बहुभाषी प्रयोगकर्ता इन्टरफेसको साथ एआई प्रविधियुक्त वासिङ्ग मेसिन बजारमा ल्याएको छ । फुल–अटोमेटिक फ्रन्टलोड बासिङ्ग मेसिनमा इकोबब्बल प्रविधिको संयोजन गरिएको छ । यसले गर्दा कपडालाई ४५ प्रतिशत थप सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ ।
यो नयाँ मोडेलमा हाइजिन स्टिम प्रविधिको प्रयोग गरिएको छ, यस प्रविधिले ९९.९९ प्रतिशत ब्याक्टेरिया तथा एलर्जिनहरु हटाउन सक्छ ।
सामसङले कस्टोमाइज गरिएको मेसिनहरु ३ विभिन्न भेरियन्टहरुमा उपलब्ध गरेका छन् । यसमा ग्राहकले आफू अनुकुल कस्टमाइज लन्ड्री प्रोसेस तय गर्न सक्नुहुनेछ । यसमा भएको स्मार्ट इन्टरनेट अफ थिङ्गस्ले इन्टरनेटको माध्यमबाट सामसङको स्मार्ट डिभाइसहरु तथा भ्वाइस डिभाइसहरु अलेक्सा र गुगल होमसँग कनेक्ट गर्न सकिनेछ ।
नयाँ सामसङ वासिङ्ग मेसिन नयाँ डिजाइनको साथ जग डायल कन्ट्रोल युक्त युजर फ्रेन्ड्ली स्लीक डिजिटल इन्टरफेसको साथ उपलब्ध रहेको छ ।
डिजिटल इन्भर्टर टेक्नोलोजिले कम बिजुली खपत गर्नुका साथै कम आवाज निकाल्दछ । अटो डिस्पेन्स प्रविधिले निश्चित रुपमा डिटरजेन्ट तथा सफ्टनरको प्रयोग गर्दछ । यसले १ महिनासम्मको लागि पर्याप्त हुने डिटरजेन्ट भण्डारण समेत गर्दछ ।
यी वासिङ्ग मेसिनहरु रु. १,०९,९९० देखि उपलब्ध रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने एक जना पक्राउ
-
नागढुङ्गा सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै, स्थानीयले विभिन्न माग राखेर गरे विरोध
-
एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण