शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ग्यालेक्सी एम३२ नेपाली बजारमा, यस्ता छन् फिचर

शुक्रबार, २५ असार २०७८, १७ : १३
शुक्रबार, २५ असार २०७८

सामसङले नेपाली बजारमा अन्तर्गत एम सिरिजको अर्को नयाँ स्मार्ट फोन ग्यालेक्सी एम३२ प्रस्तुत गरेको छ । यसमा ९० हर्जको रिफ्रेस रेटको साथ ६.४ इन्चको FHD+ Super AMOLED रहेको छ । यसमा भएको सुविधाले न्यूनतम मोसन ब्लरको साथ प्रयोगकर्तालाई  सिनेम्याटिक भ्युको जीवन्त अनुभवसमेत प्रदान गर्दछ  । यसको स्क्रिन ब्राइटनेस 800nits​ ले ग्यालेक्सी एम३२ लाई अझै शक्तिशाली एवं ब्राइटेस्ट डिस्प्ले प्रदान गरेको छ । यस्तो सुविधा यस अघि M सिरिजहरुमा उपलब्ध रहेका थिएनन् ।

यसमा ६००० mब्ज व्याट्री तथा  भर्साटाइट ६४ मेगा पिक्सलको क्वाड रियर क्यामरा रहेको छ । नयाँ ग्यालेक्सी एम३२ मा ६.४ इन्चको FHD+ Super AMOLED Infinity-U screen ​रहेको छ  । यसमा Octa-Core MediatekHelio G80 processor ​रहेको छ ।

कालो, निलो, र सेतो गरी ३ आकर्षक कलरहरूमा उपलब्ध यो फोनका दुई भेरियन्टहरु  उपलब्ध रहेका छन् । ग्यालेक्सी एम३२  4/64GB ​लाई रु २४ हजार ९९९ तोकिएको छ भने ग्यालेक्सी एम३२ 6/128GB  ​भेरियन्टलाई रु २७ हजार ९९९ तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप