बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालको नजरमा सर्वोच्चको फैसलाका ४ सन्देश

सोमबार, २८ असार २०७८, १६ : ०३
सोमबार, २८ असार २०७८

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले सर्वोच्च अदालतको फैसलाको सम्मान र पालना गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।

अदालतको फैसला स्वागतयोग्य भएको बताउँदै एमाले नेता नेपालले रातोपाटीसँग भने, ‘यो फैसलाले सर्वोच्च अदालतको गरिमा र प्रतिष्ठालाई माथि उठाएको छ । यसको सम्मान गर्नु, पालन गर्नु, यसको भावनाअनुसार चल्नु र एउटा राम्रो परम्परा बसाल्नु सबैको कर्तव्यभित्र पर्दछ ।’

पूर्वप्रधानमन्त्री एवं एमाले नेता नेपालको नजरमा अदालतको फैसलाले दिएका सन्देश यस्ता छन्–

१. यो फैसलाले सर्वोच्च अदालतको गरिमा र मर्यादालाई बढाएको छ । संविधानको रक्षा गरेको छ । संविधानको अपव्याख्यालाई रोकिदिएको छ । संविधानको मातहतमा सबै निकायले बस्नुपर्छ भन्ने कुराको प्रष्ट दिशानिर्देश गरेको छ । संविधानभन्दा माथि कोही पनि छैन, संवैधानिक मर्यादाको पालना गर्नुपर्छ भन्दै यसले प्रष्ट केही नजिर पनि स्थापित गरेको छ ।

२. संविधानका बारेमा रहेका कतिपय भ्रम, अन्योल, द्वीअर्थ लगायतका सबै कुरालाई प्रष्ट पार्दै यसपटकको सर्वोच्च अदालतको फैसलाले भूमिका खेलेको छ ।

३. यो फैसलाले संसदलाई फेरि दोस्रोपल्ट ब्यूँताएको छ । यस अर्थमा लोकतन्त्रको पनि रक्षा गरेको छ । राजनीतिक स्थायित्वका निम्ति पनि यसले भूमिका खेल्नेछ ।

४. समग्रतामा यसले सर्वोच्च अदालतको गरिमा र प्रतिष्ठालाई माथि उठाएको छ । यो फैसलाको सम्मान गर्नु, यसको पालन गर्नु, यसको भावनाअनुसार चल्नु र एउटा राम्रो परम्परा बसाल्नु सबैको कर्तव्यभित्र पर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप