नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
काठमाडौँ । नेपालमा बसोबास गरिरहेका भारतीय नागरिकहरूका लागि सिंगापुरको भिसा आवेदन प्रक्रिया अब निकै सहज हुने भएको छ। काठमाडौँस्थित ‘रुपसे होलिडेज’ ले भारतीय नागरिकका लागि सिंगापुरको भिसा आवेदन लिने आधिकारिक अनुमति प्राप्त गरेसँगै अब भिसाकै लागि भारत (दिल्ली) जानुपर्ने बाध्यता अन्त्य भएको हो।
दिल्लीस्थित सिंगापुर उच्चायोगले रुपसे होलिडेजलाई आगामी दुई वर्षका लागि आधिकारिक भिसा एजेन्टका रूपमा मान्यता प्रदान गरेको छ। सोमबार दिल्लीमा आयोजित एक कार्यक्रमका बीच सिंगापुर उच्चायोग र रुपसे होलिडेजबीच यससम्बन्धी औपचारिक सम्झौता भएको हो। सम्झौता पत्रमा रुपसेको तर्फबाट महाप्रबन्धक सरोज कार्कीले हस्ताक्षर गरेका छन्।
यसअघि नेपालमा रहेका भारतीय नागरिकहरूले सिंगापुर जानका लागि भिसा आवेदन दिन दिल्लीस्थित सिंगापुर उच्चायोगमै पुग्नुपर्ने झन्झटिलो अवस्था थियो। अब भने काठमाडौँ उपत्यका लगायत नेपालका विभिन्न स्थानमा रहेका भारतीय नागरिकले काठमाडौँको हात्तीसारमा रहेको रुपसे होलिडेजको कार्यालयमार्फत सहजै आवेदन दिन सक्नेछन्।
आधिकारिक जिम्मेवारी पाएपछि रुपसे होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले खुसी व्यक्त गर्दै भने, ‘सिंगापुर उच्चायोगबाट प्राप्त यो जिम्मेवारीप्रति हामी गौरवान्वित छौँ। नेपालमा रहेका भारतीय समुदायलाई अब भिसाका लागि दिल्ली जानुपर्ने सास्तीबाट मुक्ति दिलाउन पाउँदा हामीलाई खुसी लागेको छ। हाम्रो अनुभवी टोलीले व्यावसायिकताका साथ छिटो र पारदर्शी भिसा सेवा उपलब्ध गराउनेछ।’
आउटबाउन्ड टुर सञ्चालनमा नेपालको परिचित एजेन्सी रुपसे होलिडेज विशेषगरी भियतनाम, थाइल्याण्ड र बाली जस्ता पर्यटकीय गन्तव्यका लागि चर्चित छ। अब यस कम्पनीले भारतीय नागरिकका लागि ‘भिसा फेसिलिटेटर’ का रूपमा समेत सेवा विस्तार गरेको छ।
सिंगापुर भिसा आवेदन सम्बन्धी थप जानकारीका लागि इच्छुक भारतीय नागरिकले काठमाडौँको हात्तीसारस्थित रुपसेको कार्यालयमा प्रत्यक्ष सम्पर्क गर्न वा कम्पनीको आधिकारिक वेबसाइट हेर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण