वीरेन्द्रनगरमा प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला
सोमबार, २८ असार २०७८, २० : ४२
कर्णाली प्रदेशमा झण्डै १ करोड ७३ लाख लागतमा पानी परिक्षण प्रयोगशाला स्थापना गरिएको छ । पूर्वाधार विकास निर्देशनालयले एक करोड ७३ लाख ३० हजार लागतमा प्रयोगशालाको स्थापना गरिएको हो । प्रदेशस्तरीय यो प्रयोगशालाको सोमबार प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापाले उद्घाटन गरेका हुन् ।
प्रयोगशालाको उद्घाटन गर्दै थापाले भने, ‘प्रयोगशाला स्थापनापछि कर्णालीका नागरिकलाई स्वच्छ पिउने पानीको हक सुनिश्चित हुने छ । प्रयोगशाला सञ्चालनपश्चात कर्णालीका सबै क्षेत्रको पानी परीक्षण गरी स्वच्छ पानी पिउने वातावरण सिर्जना हुनेछ ।’
खानेपानी कार्यालय मातहत राख्नुपर्ने यो परीक्षण प्रयोगशाला प्राविधिक कारणले हाल पूर्वाधार निर्देशनालय मातहत राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको सुरक्षा खर्चमा वृद्धि : दक्षिण एसियामा नेपाल कति असुरक्षित ?
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण