कर्णालीमा थप २९ जनामा कोरोना पुष्टि, २७ जनाले कोरोना जिते
शनिबार, ०२ साउन २०७८, १९ : १५
कर्णाली प्रदेशमा शनिबार २९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । ५४ जनामा गरिएको आरटी–पीसिआर विधिको परीक्षणका क्रममा १९ जना र ९३ जनामा गरिएको एन्टिवजेन विधिको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
शनिबार सबैभन्दा धेरै कालिकोटमा १२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण हुने व्यक्तिको संख्या २९ हजार ३६२ पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशभरबाट शनिबार २७ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।
यो सँगै सक्रिय संक्रमितको संख्या ७४७ मा झरेको छ । प्रदेशमा शनिबार कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति सुर्खेतका हुन् । योसँगै कर्णालीमा कोरोनाबाट मुत्यु हुनेको संख्या ३४५ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
-
सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण