उपेन्द्र यादव पक्षले बोलायो संसदीय दलको बैठक
जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) को संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक बस्नु अघि जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्ना पार्टीका सांसदहरूलाई छलफलका लागि १ बजे पार्टी कार्यालय बालकुमारीमा बोलाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको जसपाले संसदहरूलाई सोही अनुसार ‘ब्रिफिङ’ गरेर त्यहाँबाट सिधै बानेश्वरस्थित संसद् भवन लगिने जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य इस्तियाक राइले बताए ।
‘प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भइसकेपछि आज हुने मतदानमा कसरी प्रस्तुत हुने विषयमा छलफल हुन्छ,’ उनले भने, ‘हिजोसम्म १९ जना सांसद यो पक्षमा थिए आज त्यसमा बढ्न सक्ने सम्भावना रहेको छ । त्यसको लागि पनि बैठक बोलाइएको छ ।’
संसदीय दलको नेतापछि चयन गर्ने
जसपाको आधिकारिकतासम्बन्धी विवाद समाधान भएपछि मात्र संसदीय दलको नेता चयन गर्ने राइले बताए । ‘अहिले पार्टीमा विवाद छ, निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता सम्बन्धी विवाद समाधान भएपछि प्रक्रियामा गएर संसदीय दलको नेता चयन हुन्छ,’ उनले भने, ‘पार्टीको आधिकारिकता टुङ्गो लागेपछि कार्यकारिणी समितिको बैठकबाट संसदीय दलको विधान पारित गरेर संसदीय दलको बैठक बसेर मात्र संसदीय दलको नेता चयन हुन्छ, राजेन्द्र महतो जस्तो छलछाम गरेर नेता चयन हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण