कर्णालीमा कोरोना : ३२५ जनामा परीक्षण गर्दा १०७ जनामा पुष्टि
कर्णाली प्रदेशमा बुधबार थप १०७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । ७६ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा ३५ जना र २४१ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणका क्रममा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबार सबैभन्दा धेरै हिमाली जिल्ला मुगुमा ३७ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै जुम्लामा २५, रुकुमपश्चिममा १५, कालिकोटमा १३, सुर्खेतमा ६, हुम्लामा ५, सल्यानमा ३, दैलेखमा २ र अन्य एकजनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
तथ्याङ्क हेर्दा रुकुम पश्चिम, जम्मा, मुगु, कालिकोट जिल्लाहरुमा पछिल्लो समय कोरोना संक्रमण वृद्धि भएको छ । कर्णाली कोरोना संक्रमण हुनेको संख्या २९ हजार ५४८ पुगेको छ । यस्तै बुधबार ८३ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २७ हजार ४५० रहेको छ भने सक्रिय संक्रमितको संख्या ६१५ रहेको छ ।
प्रदेशमा बुधबार एकजनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण