सर्वोच्चले निर्दलीय ब्याख्या गरेको एमालेको ठहर, सच्याउन प्रयास गर्ने घोषणा
एमालेले सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ लाई निर्दलीय ब्याख्या गरेको ठहर गर्दै त्यसलाई सच्याउन घोषणा गरेको छ । एमालेको केन्द्रीय समिति बैठकले यसलाई सच्याउन पहल गर्ने निर्णय गरेको हो।
सर्वोच्चको फैसलासहित विभिन्न विषयमा ४ बुँदे प्रस्ताव पारित गरेको एमालेले उपयुक्त समयमा सो धाराबाट निर्दलीय व्यवस्था हटाउन संविधानमै संशोधन गरिने बताएको हो ।
बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले भने, ‘भोलि आवश्यक पर्दा हामी संविधान संशोधन गर्छौ । धारा ७६(५) मा जुन निर्दलीय ब्याख्या भएको छ, त्यो निर्दलीय व्याख्यालाई हामी सच्याउँछौँ ।’
माधव नेपाल पक्षको कारबाहीबारे बिहीबार निर्णय हुने
नेकपा एमालेको माधव नेपाल पक्षको कारबाहीबारे भोलि निर्णय हुने भएको छ । आज बसेको केन्द्रीय समिति बैठकले कुनै निर्णय नगरेको र भोलि यसबारे आवश्यक निर्णय गर्ने प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
एमालेले नेपाल पक्षका २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । उनीहरुले संसदीय मर्यादा उलंघनसहित पार्टी हित विपरितको कार्य गरेको आरोप लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण