शुक्रबारदेखि लामा तथा छोटा दूरीका सम्पूर्ण सार्वजनिक यातायात सञ्चालनमा
शुक्रबारदेखि लामा तथा छोटा दुरीका सम्पूर्ण सार्वजनिक यातायातहरू पूर्ण रुपमा सञ्चालनमा आएका छन् । शुक्रबार राजधानीमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका जिल्ला प्रमुख (सीडीओ) कालीप्रसाद पराजुली, महानगरीय प्रहरी परिसर, टेकुका प्रहरी वरिष्ठ उपरिक्षक अशोक घिमिरे, सशस्त्र प्रहरी उपरिक्षक विष्णुप्रसाद भट्ट, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरिक्षक सुनिलजङ्ग शाहीसहित यातायात व्यवसायी मजदुरहरुको संयुक्त बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका अधिकतम प्रयोग गरी सार्वजनिक यातायात पूर्ण रुपमा खोल्ने निर्णय गरेको हो ।
बैठकले दुई महत्वपूर्ण निर्णय गर्दै शुक्रबार देखिनै सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन गर्ने गरी निर्णय गरेको अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीले जानकारी दिए ।
बैठकले गत साउन ५ गतेको गृहमन्त्रालयको पत्रअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम काठमाडौं उपत्यकाबाट मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी संचालन गर्ने र प्रस्थान विन्दुबाट यात्रुबाहक बस प्रवेश विन्दुमा प्रवेश गर्दा अनिवार्य रुपमा यात्रुहरूको मोबाइल नम्बरको विवरणसहित चलानी प्रवेश विन्दुको ट्राफिक प्रहरी पोष्टमा बुझाउनु पर्ने निर्णय गरेको छ । मुलुकमा कोरोना भाइरसको दोस्रो संक्रमण बढेसँगै गत बैशाख १६ गतेदेखि निषेधाज्ञामा गएसँगै सार्वजनिक यातायातको क्षेत्र पूर्णतः प्रभावित हुँदै आएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण